काठमाडौं, भदौ २६
नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स कम्पनीलाई ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी अनुुमति दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीलाई एक सय रुपैयाँ अ्रंकित मूल्य कायम रहनेगरी ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ लगानी रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुुग्नेछ । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा पाँच छ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो ।