काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ६६ लाख २० हजार चार सय ५० रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा एक करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा संस्थाले एक करोड ५४ लाख ६३ हजार ९६ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा ५४ करोड ४५ लाख २३ हजार ८५ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १० करोड ६४ लाख ३९ हजार दुई सय पाँच रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ७५ लाख ५९ हजार तीन सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४५ करोड ५५ लाख ६९ हजार छ सय ११ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ६२ लाख ९६ हजार चार सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६४ लाख ८७ हजार दुई सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।