बागमती । चालु आर्थिक वर्षको प्रथम सात महिनामा हेटौँडा उपमहानगपालिकाले २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले अघिल्लो आवको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको बताए ।
चालु आवको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ हजार १३८, नक्सापास दस्तुरबाट एक करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट एक करोड ७० लाख ३९ हजार १००, घरबहाल करबाट तीन करोड ४४ लाख ७० हजार ७०६, बहाल बिटोरी करबाट एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त तीन करोड दुई लाख २३ हजार असुली भएको हो ।