वाििसङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
क्यूएनएका अनुसार सामाजिक सञ्जाल मार्फत ट्रम्पले सन् २०२६ फेब्रुअरी–१९, मा, शान्ति बोर्डका सदस्यहरूमा सामेल हुने र जहाँ सदस्य राष्ट्रहरूले मानवीय प्रयास र गाजाको पुनर्निर्माणलाई सहयोगको प्रतिज्ञा गरेको घोषणा गर्ने जनाएका छन् । गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएकोसमेत उनले प्रस्ट पारेका छन् ।
आसन्न बैठकले शान्ति बोर्डको पहिलो आधिकारिकतालाई प्रतिविम्बित गर्ने जनाइएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो पहल गाजाको भविष्यको निर्णायक बिन्दु भएको उल्लेख गरेका छन् । न्युयोर्क टाइम्सले यस अघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाहरूका लागि एक अर्ब डलर भन्दा बढी रकम दिने वाचा गरेको जनाएको थियो ।