काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको सोही अवधिको तुलनामा दोब्बर बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ४७ लाख ४२ हजार सात सय ३३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६० लाख ६३ हजार नौ सय ११ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३६ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब १७ करोड ९९ लाख ३६ हजार पाँच सय २२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९९ करोड ९५ लाख २६ हजार चार सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ७७ लाख दुई हजार ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब १० करोड ४७ लाख ५० हजार नौ सय तीन रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८९ करोड ५६ लाख ९६ हजार पाँच सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ३३ लाख एक हजार आठ सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।