काठमाडौँ । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले पुँजी बजारमा आबद्ध लगानीकर्ताहरुलाई शिक्षा प्रदान गरेको छ । कम्पनीले सेयर बजारमा आबद्ध लगानीकर्ताहरुलाई लक्षित गरी बुधवार निःशुल्क लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषणसम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका श्रोत व्यक्ति पुँजी बजार विश्लेषक सीए संजोग कोइरालाले सहभागीहरुलाई सेयर बजारका विविध पक्षहरुमा प्रकाश पारेका थिए । काठमाडौँको गोङ्गबुमा रहेको बीजी ब्यांकेट एन्ड इभेन्ट सेन्टरमा सञ्चालन भएको उक्त कार्यक्रममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो । कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाइनबाट संसारभर रहेका लगानीकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रम सञ्चालक रविन महतले बताए । निकट भविष्यमा सेयर शिक्षासम्बन्धी थप कार्यक्रमसमेत गर्ने लक्ष्य लिएको अध्यक्ष प्रदिप केसीले बताए ।
यस ब्रोकरले काठमाडौँको बुद्धनगर स्थित मुख्य कार्यालय र शाखा कार्यालय मिलनचोक, बुटवलबाट डिम्याट, तथा टीएमएस खाता खोली कारोबार गर्ने सुविधा प्रदान गर्दै आइरहेको छ । नियमित रुपमा सेयरबजारसम्बन्धी शिक्षा प्रदान गर्न यस कम्पनीले हरेक शुक्रबार जुममार्फत साँझ ७ बजे साप्ताहिक सेयर बजार विश्लेषण तथा लाइभ प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।