वासिङ्गटन । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट फिर्ता हुने आफ्नो चेतावनी दोहोर्याएका छन् । वासिङ्गटनले संगठनलाई ‘अर्को वर्ष वा त्यसभन्दा बढी’ ‘नेट–जिरो एजेन्डा’ त्याग्न दबाब दिनेछ ।
एएफपीका अनुसार पेरिसमा आईईए मन्त्रीस्तरीय बैठकको अन्तिम दिन बोल्दै राइटले भने, ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्ने ५२ वर्ष पुरानो संस्थाले आफ्नो संस्थापक अभियानमा फर्कनु पर्छ ।’ आईईए सन् १९७३ को पेट्रोलियम संकटपछि आपूर्तिको प्रमुख अवरोधहरूको समाधानका लागिसमन्वय गर्न सिर्जना गरिएको थियो । राइटले भने, ‘संगठनले जलवायु एजेन्डा अपनाएको छ जसमा सन् २०५० सम्म शुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य समावेश छ ।’
राइटले एक पत्रकार सम्मेलनमा भने, ‘अमेरिकाले आईईएलाई अर्को वर्ष वा त्यसभन्दा बढी समयमा यो एजेन्डाबाट टाढा लैजानका लागि हामीसँग पर्ने सबै दबाब प्रयोग गर्नेछ । ‘यदि आईईएले ऊर्जा इमानदारिता, ऊर्जा पहुँच र ऊर्जा सुरक्षाको मिसनमा ध्यान केन्द्रित गर्न सकेन भने, दुःखको कुरा हामी आइइएको पूर्वसदस्य हुनेछौँ’, उनले थपे ।