काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद नाफा उच्चरुपमा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड ५५ लाख ७४ हजार ९० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले नाफा दुई करोड ३६ लाख २४ हजार तीन सय २८ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ८० करोड २६ लाख छ सय ७७ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब ५५ करोड ६४ लाख ३४ हजार नौ सय ७८ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८० करोड ९५ लाख ५६ हजार पाँच सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३८ करोड ७४ लाख ५५ हजार आठ सय ९० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ९८ करोड १८ लाख ६७ हजार एक सय २३ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८६ करोड २८ लाख २१ हजार पाँच सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड एक लाख १२ हजार सात सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।