काठमाडौं । यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान ‘मायासँग मायाको यात्रा’ मार्फत देशभर प्रेम र खुसी बाँडेको छ । यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको कम्पनीको भनाइ छ ।
अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ । अभियान अन्तर्गत यामाहाले आफ्नो सवारीसाधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको जनाएको छ । भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट कस्टोमाइज चकलेट प्रदान गरिएको थियो । साथै, सोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरी ग्राहकलाई विशेष महसुस गराउने प्रयास गरिएको थियो । यस अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता पनि समावेश गरिएको थियो । देशभरका यामाहा शोरूमहरूमा भ्यालेन्टाइन थिममा सजिएका फोटोबुथ स्थापना गरिएका थिए, जहाँ ग्राहकहरूले आफ्ना रमाइला क्षणहरू कैद गरी सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
प्राप्त इन्ट्रीहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली विजेता चयन गरी उनीहरूलाई विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो । प्रदेशगत विजेताहरूमा बिशाल माझी (बागमती, चाबहिल), चन्दा श्रेष्ठ बस्नेत (कोशी, बिर्तामोड), सीता कुमारी तामाङ (मधेश, बर्दिबास), अब्दुल अजीज खान पठान (लुम्बिनी, नेपालगञ्ज), शालिभान बोहरा (सुदूरपश्चिम, धनगढी), अनीता रास्कोटी (कर्णाली, सुर्खेत) र अशोककुमार दर्जी (गण्डकी, पोखरा) रहेका छन् । यसैगरी, कुमारिपाटीका देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जितेका थिए ।
यामाहाले देशका प्रमुख सहरहरूमा हाइ–इनर्जी मल एक्टिभेसन कार्यक्रम पनि आयोजना गरेको थियो । बानेश्वरस्थित आइप्लेक्स मल र सामाखुसीस्थित सिटी स्क्वायर मलमा आयोजित कार्यक्रमहरूमा इन्टरएक्टिभ पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ तथा इन्स्ट्यान्ट गिफ्ट ह्याम्परजस्ता आकर्षक गतिविधिहरू समावेश थिए । एमएडब्लू राइड्स प्रा. लिअन्तर्गत सञ्चालित यामाहा नेपाल इनोभेसन, उत्कृष्ट प्रदर्शन र भरपर्दोपनको क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ ।