काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका–७ घर भएका २४ वर्षीय नितुन मगर र काठमाडौं बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।