काठमाडौँ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समीक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले मिट द च्याम्पियन कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लालब केडियाले कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिय म्यानेजरहरु, तथा उत्कृस्ट शाखा प्रबन्धकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले स्पष्ट लक्ष्य निर्धारण, प्रभावकारी रणनीति निर्माण तथा अनुशासित कार्यान्वयनमार्फत कम्पनीलाई सफलताको शिखरतर्फ अग्रसर गराउन सकिने उल्लेख गरे । चुनौतीपूर्ण आर्थिक अवस्था तथा मर्जरपछिको परिवेशका बाबजुद पनि एकता, सामञ्जस्यता र प्रतिबद्धताका साथ कार्य गर्दा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे । साथै, रणनीति कागजमा मात्र सीमित नराखी व्यवहार, निर्णय र परिणाममा उतार्नुपर्नेमा जोड दिँदै उत्कृष्ट कार्यसम्पादनको कदर र स्वच्छ प्रतिस्पर्धाको संस्कृतिले कर्मचारीको मनोबल उच्च बनाइ संस्थालाई अझ सुदृढ र प्रतिस्पर्धात्मक बनाउन मद्दत पु¥याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी आधिकृत शिवनाथ पाण्डेले कम्पनिको तथ्यांक तथा प्रगति विवरण प्रस्तुत गर्दै कम्पनीको कार्यसम्पादन वर्षेनि सुधारोन्मुख रहेको स्पष्ट पारे । साथै हालको अवस्थामा बजार लगानी मैत्री नहुँदा समेत कम्पनीले ३७ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्न सफल रहेको उलेख गरे । साथै कम्पनी आझै मजबुत र निरन्तर प्रगतिको बाटोमा अघि बडिरहेको बताए । उनले संस्थागत सफलता व्यक्तिगत प्रयासभन्दा माथि उठेर सामूहिक सहकार्य र समन्वयमा निर्भर रहने उल्लेख गर्दै टिमभावनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुखहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतले उपलब्ध स्रोत, साधन, ज्ञान, सीप र उत्कृष्ट ग्राहक सेवामार्फत कम्पनीको ग्राहक संख्या विस्तार गरिने र यस वर्ष कम्पनीलाई नयाँ उचाइमा पराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धकहरूले आफ्नो कार्यानुभव साटासाट गरेका थिए ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर एक सय ६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।