काठमाडौं । नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीबीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई भक्तपुर, वडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौताबमोजिम नेपाल बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरूमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा यही फागुन आठ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरी प्रालिको तर्फबाट ल्याव निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।