काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ४१ अंकले उकालो लागेको नेप्से नेप्से परिसुचक आज मंगलबार पनि २१ दशमलव ६२ अंकले उकालो लागेर २६ सय ३८ दशमलव ६० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले उकालो लागेर चार सय ५३ दशमलव ३७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ४९ हजार ९३ पटकको कारोबारमा ९३ लाख ६४ हजार नौं सय ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब २३ करोड २४ लाख सात हजार छ सय १३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।