काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको ऋणपत्रको बिक्री खुल्ला भएको छ । फाइनान्सले ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८% आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९’ को बिक्री खुल्ला गरेको हो ।
यसअन्तर्गत प्रति ऋणपत्र एक हजार अंकित मूल्यका दरले कुल पाँच लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो । जसमध्ये तीन लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने बाँकी दुई लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिने छ । सार्वजनिक निष्कासनमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । यसमा आवेदन दिँदा न्यूनतम २५ कित्ताका लागि र अधिकतम दुई लाख कित्तासम्म माग गर्न सकिने छ । निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।