काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीका लागि होली सर्भिस क्याम्प सञ्चालन गरेको छ । आइतवारदेखि सुरु भएको क्याम्प फागुन १५ गतेसम्मका सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ सञ्चालन हुनेछन् । क्याम्पमा सहभागी ग्राहकका गाडीको सुरक्षित यात्रा सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरु सञ्चालन हुनेछ । जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्यूव्रिकेसन, टायर/ह्विल सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ तथा सस्पेन्सन, क्लच तथा ट्रान्समिसन, क्याविन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक र इमरजेन्सी तथा सेफ्टीसम्बन्धी चेकअप सुविधा छन् । यी चेकअपबाट गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान हुने कम्पनीले जनाएको छ । मर्मत तथा सम्भार गर्नुपर्ने अवस्था भएमा टाटा जेन्यूइन पाट्र्समा १५ देखि २० प्रतिशतसम्म छुट, ल्यूब्रिकेन्टमा २२ प्रतिशत छुट र लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
सर्भिस प्यकेजमा दर्ता भएकाले यही सुविधा एक वर्षसम्म पाउन सक्नेछन् । प्रि सर्भिस बुकिङ गरी वर्कसप आउने भाग्यशाली तीन जना ग्राहकलाई स्मार्ट फोन जित्ने सुर्वण अवसर पनि प्रदान हुने कम्पनीले जनाएको छ ।