काठमाडौं । महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको पाँच हजार छ सय ७६ कित्ता र सप्तरीका सत्य नारायण चौधरीको नाममा रहेको चार हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । उक्त सेयर २०८१/०८२ को बोनस सेयर खरिद गरेका सेयरधनीहरूले पनि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा सूचना जारी भएको ३५ दिन भित्र लघुवित्तको केन्द्रीय कार्यालय अम्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाइ आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।