काठमाडौं । आज मध्यान्ह १२ः५४ बजे नेपाल–भारत (सिक्किम) सीमा नजिक स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ। नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प मापन महाशाखाका अनुसार यस भूकम्पको केन्द्र सीमा नजिक रहेको बताइएको छ।