दमक । झापामा निर्वाचन सम्बन्धि कार्यक्रमहरुमा व्यस्त रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले प्रतिपादन गरेको राष्ट्रिय एकता, स्वाधीनता, आत्मनिर्भर र विदेशी हस्तक्षेपप्रति सचेत रहने नीतिबोक्ने पार्टी राप्रपा मात्र भएको बताएका छन् ।
“पृथ्वी पथ” लाई राष्ट्रवाद, राजसंस्था र हिन्दुराष्ट्रको वैचारिक आधारका रूपमा व्याख्या गर्दै लिङ्देनले आफूहरुमात्र फरक विचारधारा बोकेको पार्टी भएको दाबी गरेका छन् ।
झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका लिङ्देनसँग नेकपा एमालेका हरि राजवंशी, नेपाली काँग्रेसका राजेन्द्र घिमिरे, रास्वपाका प्रकाश पाठक लगायतका उम्मेद्वारहरु प्रतिस्पर्धामा रहेका छन् ।