काठमाडौं, भदौ २८
घरेलुु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा छ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २१ लाख ४५ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड तीन लाख ५० हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार करोड ५५ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ करोड ६४ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ७६ लाख ४५ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ लाख ६९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य रहेको छ ।
संस्थाले अघिल्लो आवको सोही अवधिमा ४६ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार करोड ८६ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक लाख २२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।