काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको यही फागुन एक गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।