काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ भवन आईजीआई कम्प्लेक्सको भव्य उद्घाटन सम्पन्न भएको छ । बिहीबार आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आईजीआई कम्प्लेक्सको भव्य समारोहका बीच शुभारम्भ गरिएको हो । कम्पनीको संस्थागत सुदृढीकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरूप दिने उदेश्यसहित निर्माण गरिएको यस अत्याधुनिक भवनको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका संस्थापक सेयरधनी चन्द्र प्रसाद ढकाल तथा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष, कम्पनीका संचालक समितिका पदाधिकारीद्वारा संयुक्त रूपमा रिबन काटी भवनको उद्घाटन गरिएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३, पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्गसहित १२ तल्लाको भव्य भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष ढकालले भवनले कम्पनीको आगामी रणनीतिक लक्ष्य, दिगो विकासको प्रतिवद्धता, ग्राहक केन्द्रीत सेवामा थप ऊर्जा प्रदान गर्ने, विश्वसनीयता, पारदर्शिता र नवप्रवर्द्धनमा आईजीआई प्रुडेन्सियलले सधैं अग्रसर रहने बताए । समारोहमा ढकालले नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राही मैत्री वातावरणसहित तयार गरिएको र यसमार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।
सोही अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष प्रो.डा. फत्तबहादुर के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्दै कम्पनीको यो विशाल प्रगति भएकोमा आफू हर्षित भएको र कम्पनीको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । सोही अवसरमा नेपाल बीमक संघका अध्यक्षद्वारा कम्पनीको यो स्तरको भवनले सम्पूर्ण बीमा क्षेत्रलाई नै गौरवान्वित बनाएको र बीमा क्षेत्रमा कम्पनीको आगामी दिन अझै प्रगतिउन्मुख रहोस् भनी शुभकामना दिए ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष तथा यस कम्पनीका संस्थापक सेयरधनी चन्द्र प्रसाद ढकालले विगत ११ वर्षमा कम्पनीमा आएको परिवर्तन तथा आज यो आईजीआई कम्प्लेक्सको भवनको उद्घाटनमा सरिक हुन पाउँदा गौरव महशुस भएको र इमान्दारीताका साथ काम गर्दा उन्नती अवश्य हुन्छ भनि कम्पनीलाई उदाहरणको रूपमा लिन सकिने विचार व्यक्त गरे । साथै बीमा बजारको विस्तारको लागि नियामकीय निकायको ठूलो भूमिका रहनेछ भन्दै नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको उन्नती र प्रगतिको लागि राम्रो अविभावकको रूपमा आफूलाई प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायको तर्फबाट शुभकामना व्यक्त गर्दे आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्सले बीमा क्षेत्रको विस्तार तथा जनविश्वास अभिवृद्धिमा उल्लेखिनीय योगदान पुर्याइरहेको र आउने दिनमा अझै थप ग्राहकहरूलाई सेवा विस्तार गरी यस क्षेत्रमा आफूलाई एक अब्बल कम्पनीको रूपमा स्थापित गर्नेछ भनि शुभकामना दिए । उनले नयाँ संरचना तथा पूर्वाधारले सेवाको गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । साथै बीमालाई देशभित्र मात्र सिमिति नराखी अन्तराष्ट्रियकरण गर्न समेत प्राधिकणले पोलिसी बनाउनेछ भनि तयार रहन अनुरोध गरे ।
समारोहमा बीमा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्षहरू, कम्पनीका संचालक समितिका पदाधिकारीहरू, संस्थापक सेयरधनीहरू, निवर्तमान संचालकहरू, नेपाल बीमक संघका अध्यक्ष तथा पदाधिकारीहरू, नेपाल जीवन बीमक संघका अध्यक्ष तथा पदाधिकारीहरू, नेपाल लघु बीमक संघका पदाधिकारीहरू, बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरू, उद्योगी, व्यापारी, व्यावसायी, स्थानीय सरकारका प्रतिनिधीहरू, विभिन्न नियामकीय निकायका प्रतिनिधीहरू, कम्पनीका कर्मचारीहरू, पत्रकारहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।
समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हामीले केवल एउटा भवन उद्घाटन गरिरहेका छैनौँ, हामी हाम्रो प्रतिबद्धता, विश्वास र सेवा प्रतिको अटल समर्पणलाई नयाँ उचाइमा पुर्याउने संकल्पलाई उद्घोष गरिरहेका छौँ र यो भवन हाम्रो निरन्तर प्रगति, संस्थागत सुदृढीकरण र दीर्घकालीन दृष्टिकोणको प्रतीक रहेको बताए ।
उक्त अवसरमा श्रेष्ठले यस महत्वपूर्ण यात्रामा मार्गदर्शन गर्नुहुने सम्मानित अध्यक्षज्यूहरू, नियामक निकायहरू, संचालक समिति, व्यवस्थापन टिम तथा सम्पूर्ण कर्मचारी वर्गको अथक मेहनत विना यो सम्भव हुने थिएन भन्दै सबै प्रति समर्पण र सहकार्यको लागि हार्दिक कृतज्ञता व्यक्त गरे । समारोहमा श्रेष्ठले भवन निर्माणको सुरुवातदेखि आजको दिनसम्म आइपुग्दा आ–आफ्नो क्षेत्रबाट प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरू प्रति धन्यवाद व्यक्त गरे ।
अन्तमा, आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडले स्थापना कालदेखि नै ग्राहक महानुभावहरूको भरोसा, नवीन सेवा र सुदृढ व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको छ । नयाँ भवनको शुभारम्भसँगै कम्पनीले आगामी दिनमा अझै व्यापक जिम्मेवारी, पारदर्शिता तथा प्रविधिमा आधारित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।