काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले आयोजना गर्न लागेको नाडा प्रेजेन्ट्स् वाडा अटो सो २०२६ को स्टल बुकिङ खुला गरिएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पोखरामा हुन लागेको प्रदर्शनीको लागि फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ खुला गरिएको हो । आयोजकले सम्पूर्ण साना, मझौला तथ ठूला सवारीसाधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई स्टल बुकिङमा सहभागी हुन आह्वान गरिएको छ । सवारीसाधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा चैत्र ११ देखि १५ गते सम्म दोस्रो संस्करणको नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२६ हुँदैछ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेजले गर्नेछ ।