काठमाडौं । सामसङले नेपालमा नयाँ ग्लालेक्सी एस२६ सिरिज सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहजरूपमा घुलमिल हुनेगरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पीलने जनाएको छ ।
ग्लालेक्सी एस२६ सिरिजले डिजाइन र प्रदर्शनमा पनि नयाँ मापदण्ड स्थापित गरेको छ । परिष्कृत प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता, र एआई आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यो नयाँ सिरिजले सहज मल्टिटास्किङ, इमर्सिभ मनोरञ्जन, र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको भनाई छ । एआईद्वारा सशक्त बनाइएका उन्नत क्यामेरा प्रणालीहरूले प्रयोगकर्तालाई जुनसुकै वातावरणमा पनि असाधारण स्पष्टतासहित आकर्षक फोटो र भिडियो खिच्न सहयोग गर्नेछ । कम्पनीले ग्लालेक्सी एस२६ सिरिज औपचारिक सार्वजनिक गर्नुअघि ह्याण्ड राईजर अफर सञ्चालन गरेको थियो । उक्त अफरले ग्राहकहरूलाई विशेष लाभहरू सुरक्षित गर्न अवसर प्रदान गरेको थियो । अफरमार्फत उपभोक्ताहरूले ग्लालेक्सी एस२६ सिरिज अग्रिम रूपमा रिजर्भ गर्न, आकर्षक एक्सचेन्ज सुविधा, २४ महिना सम्म सहज ईएमआई विकल्प, तथा रोमाञ्चक उपहारहरू प्राप्त गर्न सफल भएका थिए । ग्लालेक्सी एस२६ सिरिज देशभरका सामसङ स्टोरहरूमा उपलब्ध हुने जनाईएको छ ।