काठमाडौं । सरकारले इजरायल, इरान, कतार र संयुक्त अरब इमिरेटस (यूएई)मा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ । इरान र अमेरिका–इजरायलबीच चलेको द्वन्द्वका कारण नेपाल सरकारले इजरायल, इरान, कतार र संयुक्त अरब इमिरेटस (यूएई)मा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
शनिबार मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै उक्त मुलुकहरूले दिएको सुरक्षा सल्लाह मान्न, घरभित्र बस्न र याात्र नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो । ‘नेपाली नागरिकहरूलाई इजरायल र इरानका सक्षम अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहन, उचित सावधानी अपनाउन र आफ्नो सम्बन्धित स्थानहरूमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्क राख्नुहोस्’, ट्राभल एड्भाइजरीमा भनिएको छ । इजरायल र इरानका सम्बन्धित अधिकारीहरूको पूर्वअनुमतिविना यात्रा नगर्न आग्रह गर्दै मन्त्रालयले काठमाडौंस्थित मन्त्रालयको सम्पर्क नम्बर ९७७–९८६२६७८४३७, तेल अभिभस्थित नेपाली दूतावास सम्पर्क नम्बर ९७२–५४५५८२०७७ र दोहास्थित नेपाली दूतावासको सम्पर्क नम्बर ९७४–६६२१ ४४१९ सँग नियमित सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
मन्त्रालयले इजरायल वा इरानको यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था स्थिर नभएसम्म आफ्नो यात्रा योजना स्थगित गर्न कडा सल्लाह दिएको छ र अन्य मध्यपूर्वी देशहरूमा बसोबास गर्ने र काम गर्ने नेपाली नागरिकहरूलाई सम्बन्धित देशका सक्षम अधिकारीहरूले सुझाव दिएअनुसार घटनाक्रमहरूको निरन्तर निगरानी गर्न र सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेले क्षेत्रीका अनुसार मध्यपूर्वमा विकसित घटनाक्रमलाई हेरी नेपालीलाई सुरक्षित राख्नको लागि ट्राभल एड्भाइजरी जारी गर्दै सम्पर्कलाई सहज बनाइएको हो । समस्या परेको खण्डमा नेपालीहरूले विभिन्न स्थानमा समेत सम्पर्क गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
इरानविरुद्ध अमेरिका–इजरायल शनिबार बिहान आक्रमण गरेको हो । अलजजिराका अनुसार अमेरिका–इजराइलले शनिबार इरानको दक्षिणी हर्मोजगान प्रान्तको मिनाब सहरमा हवाई हमला गरेको थियो जसमा ५३ जनाको मृत्यु भएको छ । साथै ६३ जना घाइते भएका छन् । इरानको सरकारी सञ्चार माध्यमका अनुसार यहाँ इजरायली सेनाले एक प्राथमिक छात्रा विद्यालयमा आक्रमण गरेको हो । अमेरिका र इजरायलले केवल सैन्य पूर्वाधारलाई मात्रै आक्रमण गरेको दाबी गरेका थिए । तर तेहरानमा सर्वसाधारणमाथि पनि आक्रमण भएको अल जजिराले उल्लेख गरेको छ ।
खाडीमा रहेका दूतावासहरूले भने– सुरक्षा अधिकारीहरूद्वारा जारी सुरक्षा सल्लाह कडाइका साथ पालना गर्नू
इजरायल, कतार र संयुक्त अरब इमिरेटस (यूएई)स्थित नेपाली दूतावासहरूले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । तीनवटै मुलुकमा रहेका नेपाली दूतावासहरूले शनिबार सार्वजनिक सूचना तथा ट्राभल एड्भाइजरी जारी गर्दै उक्त मुलुकका सुरक्षा अधिकारीहरूद्वारा जारी सुरक्षा सल्लाह कडाइका साथ पालना गर्न आग्रह गरेको हो ।
इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई इजरायली अधिकारीहरू र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
शनिबार तेल अभिभस्थित नेपाली दूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै मध्यपूर्वमा विकसित अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै हाल इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन निर्देशन दिएको हो । दूतावासले ट्राभल एड्भाइजरीमार्फत सातवटा निर्देशन दिँदै इजरायली अधिकारीहरू र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको हो । इरजायलस्थित नेपालीहरू घरभित्र बस्न, पूर्वअनुमतिविना यात्रा नगर्न र आपतकालीन सतर्कताको निरन्तर निगारानी गर्न आग्रह गरेको हो । ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, उचित सावधानी अपनाउनुहोस् र आफ्नो सम्बन्धित स्थानहरूमा नेपाली समुदायसँग नियमित सम्पर्क कायम राख्नुहोस्, इजरायलका सम्बन्धित अधिकारीहरूबाट पूर्वअनुमतिविना यात्रा गर्नबाट बच्नुहोस्’, निर्देशनमा भनिएको छ ।
त्यस्तै दूतावासले नेपाली नागरिकहरूलाई स्थानीय समाचार, आधिकारिक घोषणा र आपतकालीन सतर्कताहरूको निरन्तर पछ्याउने र कुनै पनि आपत्कालीन अवस्थाका लागि तोकिएका आश्रयस्थल वा नजिकैका सुरक्षित स्थानहरूको पहुँचमै रहने समेत आग्रह गरेको छ । यस विषम परिस्थितिमा दूतावासले नेपाली नागरिकहरूलाई आफूसँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ । कुनै पनि आपतकालीन अवस्थामा तत्काल उद्धार वा सहयोगका लागि दूतावासले निम्न सम्पर्क विवरणहरू सार्वजनिक गरेको छ । दूतावासले ९७२–५४५५८२०७७ र तभबि(खष्ख२लभउबझिदबककथष्।िअयm मार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।
दूतावासले आवश्यकताअनुसार नियमितरूपमा सूचनाहरू अद्यावधिकहरू जारी गरिने समेत बताएको छ ।
त्यस्तै शनिबार नै कतारस्थित नेपाली राजदूतावास, दोहाले पनि ट्राभल एड्भाइजरी जारी गर्दै कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ । दूतावासले मध्यपूर्वमा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शान्तपूर्वक रहन र निम्न सतर्कता तथा सावधानी अपनाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासले छवटा बुँदामा ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको हो । जसको पहिलो, दोस्रोलगायतका बुँदाहरू क्रमशः कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्नुहोला, सकेसम्म घरभित्रै बस्नुहोला, सतर्क रहनुहोला, उचित सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस्तै अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनाहरूलाई विश्वास नगर्न, अप्रमाणित सूचना, समाचार र भिडियो क्लिप अरुलाई प्रेषित नगर्न र आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देशहरू निरन्तर हेरी पालना गर्नु नेपाली नागरिकलाई आग्रह गरिएको छ ।
दूतावासले समस्या परेमा वा जानकारीहरू लिनपरेमा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्नका लागि टेलिफोनः +९७४–६६२१४४१९ र भयलमयजब२mयाब।नयख।लउ मार्फत सम्पर्क गर्न सकिने बताएको छ ।
त्यस्तै संयुक्त अरब इमिरेटस (यूएई)मा रहेको नेपाली राजदूतावास आबुधाबीले पनि शनिबार ट्राभल एड्भाइजरी जारी गरेको छ । दूतावासले जारी गरेको ट्राभल एड्भाइजरीमा यूएईमा रहेका नेपाली नागरिकलाई यात्रामा ननिस्कन, सावधानी अपनाउन आग्रह गरिएको छ । ‘मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा यूएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचानाहरूको पालना गर्न अनुरोध गरिन्छ’ ट्राभल एड्भाइजरीमा भनिएको छ ।
दूतावासले आपत्कालीन सुझाव सल्लाह चाहेमा सम्पर्क ठेगाना सार्वजनिक गर्दै सम्पर्क गर्न सकिने जनाएको छ । आबुधाबीस्थित दूतावासको आपत्कालीन सम्पर्क नम्बर +९७१–५० ८१८०२८० रहेको छ भने इमेल ठेगाना भयलबदगमजब(दष्२mयाब।नयख।लउ रहेको छ ।
त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन÷ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको छ । इमेलमार्फत सम्पर्क गर्न चाहनेले अनलगमगदबष्२mयाब।नयख।लउ र लभउबअियलकग(बितभ।मगदबष्२नmबष्।िअयm मा सम्पर्क गर्नसक्ने बताइएको छ ।