निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् माघ मसान्तसम्ममा २७ अर्ब ५३ करोड ८४ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले १६ १६ लाख ५६ हजार तीन सय ३६ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन् । चालू आवको माघ मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख १२ हजार नौ सय ७१ वटा बीमालेख जारी गरी एक अर्ब ३४ करोड ४१ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने यस अवधिमा २६ हजार दुई सय ५३ वटा बीमालेख जारी गरी एक अर्ब ६८ करोड ७५ लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो अवधिमा १६ हजार नौ सय ४२ वटा बीमालेख जारी गरी ८९ करोड २४ लाख छ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योेन्स कम्पनीले पनि चालू आवको पछिल्लो सात महिनाको अवधिसम्ममा १४ हजार सात सय ३९ वटा बीमालेख जारी गरी ७९ करोड ९६ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ७० हजार पाँच सय ८१ वटा बीमालेख जारी गरी दुई अर्ब १५ करोड १५ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार प्रभु इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो सात महिनामा ६३ हजार एक सय १७ वटा बीमालेख जारी गरी एक अर्ब सात करोड आठ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको माघ मसान्तसम्ममा एक लाख ८२ हजार आठ सय २३ वटा बीमालेख जारी गरी तीन अर्ब ३२ करोड चार लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा एक लाख २४ हजार सात सय ९३ वटा बीमालेख जारी गरी दुई अर्ब १८ करोड ८३ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको माघ मसान्तसम्ममा एक लाख ८८ हजार दुई सय ५५ वटा बीमालेख जारी दुई अर्ब ८३ करोड ९३ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो सात महिनाको अवधिमा ७२ हजार छ सय ५४ वटा बीमालेख जारी गरी एक अर्ब ६० करोड १४ लाख ३२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो सात महिनाको अवधिमा एक लाख ५९ हजार एक सय ५३ वटा बीमालेख जारी गरी दुई अर्ब ५१ करोड ४९ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको)ले पनि चालू आवको माघ मसान्तसम्ममा एक लाख ५४ हजार आठवटा बीमालेख जारी गरी दुई अर्ब ९८ करोड ९६ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो सात महिनाको अवधिमा एक लाख ३९ हजार तीन सय ९७ वटा बीमालेख जारी गरी दुई अर्ब ३८ करोड छ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो सात महिनाको अवधिसम्ममा दुई लाख ४० हजार सात सय ५० वटा बीमालेख जारी गरी एक अर्ब ७५ करोड ७३ लाख १६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।