काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आहृवान गरेको छ । फाइनान्सको यही फागुन १७ गते आइतबार बसेको सञ्चालक समितिको बैकले आगामी चैत १० गते काठमाडौंमा फाइनान्सको ३१औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
फाइनान्सले यसपटक सेयरधनीहरुलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने छ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत दुई गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।