काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता पाएपछि कम्पनीले यस पटक अभियानलाई अझ बढी परिस्कृत गरि प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको कम्पनीले जनाएको छ । यसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिस ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन् । प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन चालकहरुले गत फागुन ११ गतेदेखि १७ गतेसम्म न्यूनतम ४५ ओटा सवारी पूरा गरेको हुनुपर्नेछ । फागुन १८ गतेदेखि भने इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन् । प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार फागुन १८ गतेदेखि चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, यसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी स्कुटर समावेश छ ।
क्याम्पेन तीन चुनौतीयुक्त हप्तासहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा चैत १९ गते एक भव्य कार्यक्रममा सार्वजनिक गरिनेछ । पुरस्कारहरू टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणी ग्रान्ड प्राइज) १ जनालाई, याडिया भेलाक्स ईभी स्कूटर (बाइक श्रेणी ग्रान्ड प्राइज) २ जनालाई, सामसङका स्मार्टफोनहरू १६ जनालाई र स्टेकेसन प्याकेज ४ जनालाई रहेको छ । ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ । कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनौट गरिनेछ । अभियानले आफ्नो डाइभर कम्युनिटीलाई मान्यता, पुरस्कार र विकासका अवसरहरू प्रदान गर्ने इनड्राइभको मिशनलाई जारी राखेको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर पार्टनर्सहरू नै नेपालमा इनड्राइभको सफलताको साँचो आधारस्तम्भ भएको बताइन् । उनले भनिन्, ‘यो अभियान ड्राइभर–पार्टनर्सप्रति व्यक्त गरिएको हाम्रो हार्दिक आभार र सम्मानको प्रतीक हो । हामी उहाँहरूको निरन्तर मिहिनेत, धैर्यता र जिम्मेवारीबोधप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौँ । नेपालभरि हजारौँ यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै शहरलाई चलायमान राख्ने वास्तविक नायकहरू हाम्रा चालक साझेदारहरू नै हुनुहुन्छ ।’ नेपालभरि इनड्राइभको विस्तार, विश्वसनीयता र सकारात्मक छविमा उनीहरूको भूमिका अपरिहार्य रहेको उनले बताइन् ।