काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । चुनाव अघिको अन्तिम कारोबार दिन आज मंगलबार नेप्से परिसुचक ३८ दशमलव ५२ अंकले उकालो लागेर २७ सय १२ दशमलव ४९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले उकालो लागेर चार सय ६५ दशमलव ९९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ६१ हजार तीन सय २९ पटकको कारोबारमा एक करोड ५१ लाख ८४ हजार छ सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब २३ करोड ४८ लाख ८१ हजार चार सय ८० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।