काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको यही फागुन १७ गते बसेको सञ्चालक समितिको चार सय ५९औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य नाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७० करोड नौ लाख ५५ हजार एक सय १९ रुपैयाँ को आठ दशमलव ७० प्रतिशतका दरले हुन आउने १४ करोड ७९ लाख ८३ हजार एक सय ६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यस बाहेक कर प्रयोजनको लागि चुुक्ता पुँजीको शून्य दशमलव ४६ प्रतिशतका दरले हुन आउने ७७ लाख ८८ हजार पाँच सय ८८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा पनि कम्पनीले गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।