काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ७२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ३१ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ८२ करोड ४६ लाख ६४ हजार नौ सय रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३४ करोड पाँच लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड २८ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १८ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ७६ करोड ४१ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २५ करोड ५२ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४० लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।