काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुईवटा कम्पनीलाई साधारण सेयर निष्कासनको लागि अनुुमति दिएको छ । बोर्डले यही फागुन १७ गते आइतबार सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई साधारण सेयर निष्कासनको लागि अनुमति दिएको हो ।
बोर्डको अनुमतिअनुसार सोपानले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धककमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । यसैगरी याम्बालिङले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।