काठमाडौं । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने मेटलाइफ नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
यी नयाँ कार्यालयहरूको सञ्चालन मेटलाइफ नेपालको वित्तीय सुरक्षालाई व्यक्ति, परिवार तथा व्यवसायसम्म अझ नजिक पुर्याउने निरन्तर प्रयासको अर्काे महत्वपूर्ण उपलब्धी हो । स्याङ्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकहरूले बीमासम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता रहने छैन ।
स्याङ्जा र चन्द्रौटा कार्यालयहरूले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोग लगायतका सम्पूर्ण बीमा सेवाहरू प्रदान गर्नेछन् । मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै यी कार्यालयहरूले स्थानीय स्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्नेछन् । स्थानीय उपस्थितिमार्फत मेटलाइफ नेपालले ग्राहकसँग अझ गहिरो सम्बन्ध निर्माण गर्दै दीर्घकालीन वित्तीय सुरक्षाको योजना बनाउन व्यापक समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
यस अवसरमा मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठले भने, ‘एजेन्सी कार्यालयहरूको विस्तारमार्फत हामी थप नेपालीलाई आत्मविश्वासी भविष्य निर्माण गर्न सहयोग गर्ने मेटलाइफ नेपालको उद्देश्यसँग समन्वय गर्दैछौं । विश्वसनीय बीमा समाधानमा सहज पहुँच हुँदा स्थानीय समुदायले सूचित निर्णय लिन र आर्थिक रूपमा अझ सबल बन्न सक्ने विश्वास हामी राख्दछौं ।’
यी नयाँ कार्यालयहरू मेटलाइफ नेपालको देशव्यापी पहुँच विस्तार गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हुन् । जसले नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने नागरिकलाई पनि सुरक्षा र मानसिक शान्ति सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।
मेटलाइफको बारेमा : मेट लाइफ आफ्ना सहायक र सम्बद्ध संस्थाहरु सहित मेट लाइफ वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्दत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको मेटलाईफ विश्वभर ४० भन्दा बढी बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।
मेटलाइफ नेपालको बारेमा : मेट लाइफ इन्स्योरेन्सको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेट लाइफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ ।