काठमाडौं । जानकी फाईनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा पुनः दिनेशकुमार शर्मा नियुक्त भएका छन् । फाईनान्स सञ्चालक समितीको पछिल्लो पटक बसेको बैठकले शर्मालाई दोस्रो कार्यकालको लागि पुनः प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

फाईनान्सका अनुसार यही फागुन २९ गतेबाट कार्यान्वयनमा आउने गरी आगामी चार वर्षको लागि शर्मालाई प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।