काठमाडौं । स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ ।
द सोल्टी काठमाडौं, ¥याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउन्टेन ग्लोरी पोखरालगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्युलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि आफ्नो उपस्थिति बनाएको हो । कम्पनीका अनुसार ट्रान्क्युलिटी स्पा नेपालीहरूमा मात्र होइन, विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूबीच पनि उत्तिकै लोकप्रिय छ । साथै, मलेसियामा सञ्चालनमा रहेको यसको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीको दाबी छ । नयाँ शाखामा विभिन्न प्रकारका हाइड्रो र्थमल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचारलगायत समग्र वेलनेसका सेवाहरू उपलब्ध रहेको छ । ट्रान्क्युलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौं बाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको बताए । उनका अनुसार प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको छ ।
कम्पनीले हाल नेपालभर १८ वटाभन्दा धेरै शाखाहरूमार्फत सेवा सञ्चालन गर्दै आएको छ । दुई सय ५० भन्दा बढी युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेको जनाइएको छ । कम्पनीले नेपालको तीव्ररूपमा विकास हुँदै गएको वेलनेस क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको उल्लेख गरेको छ । भैरहवाको नयाँ शाखामा मात्र अहिले ४० कर्मचारी छन् ।