काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर–१ मा मतगणना जारी रहेको छ। हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जितले अग्रता कायम गरेका छन्।निर्वाचन अधिकृत नवराज दाहालका अनुसार रन्जितले हालसम्म ३ हजार ८८४ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल २ हजार १३३ मतसहित दोस्रो स्थानमा रहेका छन्। दुवै उम्मेदवारबीच हाल १ हजार ७५१ मतको अन्तर रहेको छ।यस्तै, नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ६०५ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।