काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–५ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्।हालसम्मको मत परिणामअनुसार पोखरेलले ५ हजार ९८५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल १ हजार ८४० मतसहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवारले १ हजार ६० मत प्राप्त गरेका छन्। प्रारम्भिक मतपरिणाममा पोखरेलले निकटतम प्रतिस्पर्धी पौडेलमाथि उल्लेखनीय मतान्तर कायम गरेका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।