काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कालीकोटमा मतगणना जारी रहेको छ। हालसम्मको मत परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले ३ हजार ३९६ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार नागेन्द्र शाही २ हजार ५१२ मतसहित दोस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमले २ हजार ५०४ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।