काठमाडौं । वीन लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा देखिएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ८८ लाख २९ हजार तीन सय ९६ रुपैयाँ खुद नोक्सानी बेहोरेको हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १४ करोड ६८ लाख ७५ हजार नौ सय १० रुपैयाँ ले ऋणात्मक रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी आठ करोड ४३ लाख ४० हजार पाँच सय ५० रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा १८ करोड ७५ लाख ७८ हजार नौ सय चार रुपैयाँ निक्षेप संकलन गरी ८६ करोड ३७ लाख पाँच सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ६५ लाख ३७ हजार आठ सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १७ करोड ७१ लाख छ सय ७० रुपैयाँ निक्षेप संकलन गरी ८५ करोड दुई लाख ३७ हजार सात सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड नौ सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।