काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ७१ लाख ४२ हजार एक सय ३३ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ करोड रुपैयाँ ले बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ७५ लाख २४ हजार चार सय ५५ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा छ अर्ब तीन करोड २३ लाख ८७ हजार सात सय ३८ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९९ करोड ५६ लाख ३६ हजार नौ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड तीन लाख ८० हजार दुई सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले पाँच अर्ब ५२ करोड ७१ लाख ८६ हजार सात सय २२ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड ६३ लाख ३१ हजार पाँच सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ३९ लाख ६२ हजार छ सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।