जलेश्वर (महोत्तरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन बन्द गरिएको महोत्तरी—मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालन गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरको सूचनाअनुसार फागुन १९ गतेदेखि २१ गतेसम्म बन्द रहेको भङ्गाहा—जनकपुर—भारतको जयनगर रेल सेवा शुक्रबार बिहानदेखि पुनः सुरु भएको हो ।