ओखलढुङ्गा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।प्राप्त मतपरिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच ५ मतको मात्र अन्तर रहेको छ।यद्यपि निर्वाचनको अन्तिम आधिकारिक घोषणा भने हुन बाँकी रहेको बताइएको छ। यस निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत ल्याउँदै चौथो स्थानमा सीमित बनेकी छन्। ओखलढुङ्गामा निकै प्रतिस्पर्धात्मक बनेको मतगणनामा अन्तिमसम्म कडा प्रतिस्पर्धा देखिएको थियो। झिनो मतान्तरका कारण परिणामले जिल्लाको राजनीतिक माहोललाई थप चासोको विषय बनाएको छ।