काठमाडौं । व्यक्तिगत आवास अर्थात् होम लोन शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरूले कर्जा बढाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र कुल चार खर्ब ४३ अर्ब ८१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४१ अर्ब ६४ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार खर्ब एक अर्ब १६ करोड ४० लाख रुपैयाँबराबरको कर्जा होम लोन शीर्षकमा प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र कुल तीन खर्ब ४९ अर्ब ६१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा २७ अर्ब ५६ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरूले कुल ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र कुल तीन खर्ब २२ अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आवको पछिल्लो छ महिनाको अवधिमा कुल छ खर्ब ३२ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र ७७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १२ अर्ब १९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैैंयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र कुल ६५ अर्ब ६८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले पनि चालू आवको दोस्रो त्रैमाससम्म कुल एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र कुल १६ अर्ब ३२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ८९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा मात्र कुल १४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।