काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पछिल्लो अवधिमा झण्डै तीन करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले चालु आर्थिक वर्षिको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ९२ लाख ४२ हजार सात सय ९६ रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड तीन लाख ३१ हजार नौ सय ६४ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १५ करोड ३४ लाख ४५ हजार पाँच सय नौ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा ९१ करोड चार लाख एक हजार १० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब सात लाख १७ हजार छ सय ३६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ५३ लाख छ हजार चार सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा ८० करोड ३५ लाख ७५ हजार २१ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६३ करोड ३९ लाख दुई हजार आठ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड १३ लाख ८५ हजार आठ सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।