काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संंस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ४८ लाख ९१ हजार सात सय ४४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १८ लाख १५ हजार चार सय ८५ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ७७ करोड ५७ लाख ७७ हजार चार सय २० रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ५४ करोड २३ लाख ५५ हजार नौ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ करोड ३१ लाख ४३ हजार नौ सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा एक अर्ब ५६ करोड ७७ लाख २६ हजार सात सय ६२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७५ करोड २३ लाख १३ हजार एक सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ५२ लाख ७२ हजार तीन सय ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।