काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजानिक गरेको छ ।
कम्पनीले नामी बक्स र नामी भिगो मोडलका गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको हो । यसअघि यी गाडीमा आठ वर्ष वा दुई लाख किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध थियो । नयाँ कार्यक्रमसँगै अब ग्राहकले थप तीन वर्ष वा ५० हजार किलोमिटरको अतिरिक्त सुरक्षा कवच प्राप्त गर्नेछन् । एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले ग्राहकको मानसिक शान्ति र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्नु नै यो योजनाको मुख्य उद्देश्य रहेको बताए । गाडीको स्वामित्व लिँदा ग्राहकलाई पूर्ण आत्मविश्वास दिलाउन यो कदम महत्वपूर्ण हुने उनको भनाइ छ ।