काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले पछिल्लो अवधिमा झण्डै चार करोड रुपैैंयाँ खुद मुनाफा कमाएको छ । संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ७६ लाख ८६ हजार चार सय ३७ रुपैंयाँ खुद मुनाफा कमाएको हो । संस्थाले गत आवको सोही अवधिमा भने एक करोड ६६ लाख ६६ हजार छ सय ६८ रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैंयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ९९ करोड १२ लाख ३८ हजार आठ सय ६९ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७१ करोड २८ लाख ३५ हजार पाँच सय ८१ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ३२ लाख ६८ हजार एक सय २२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १७ दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा एक अर्ब ९१ करोड ८६ लाख ८६ हजार सात सय ६३ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड नौं लाख ७८ हजार ५८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।