काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा खुम्चिएको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ३८ करोड नौ लाख ५५ हजार आठ सय ८३ रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । संस्थाको कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड रुपैयाँले कम हो । संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ७७ लाख ५५ हजार चार सय सात रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी चार अर्ब ९२ करोड ७१ लाख ७० हजार ७९ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो छ महिनाको अवधिमा चार अर्ब ७६ करोड १८ लाख ६५ हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब १६ करोड ५४ लाख ९६ हजार आठ सय ५७ रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा ६५ करोड ४३ लाख ३५ हजार ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार प्र्रतिशत कर्जा निष्क्रिय अर्थात् खराब रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने चार अर्ब चार करोड आठ लाख ५९ हजार चार सय ४४ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ३० करोड १४ लाख ४७ हजार आठ सय २७ रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा ९६ करोड ८१ लाख ५१ हजार तीन सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।