काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले झण्डै दुई करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा एक करोड ८८ लाख १४ हजार पाँच सय ६० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको छ महिनाको अवधिमा संस्थाको खुद नाफा ४२ लाख १४ हजार ३४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ५९ करोड ८९ लाख ९२ हजार दुई सय १६ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ७८ करोड १८ लाख २१ हजार एक सय एक रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५५ करोड १० लाख ४७ हजार तीन सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १७ दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले गत आवको सोही अवधिमा दुई अर्ब १० करोड २८ लाख ६३ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५६ करोड ३८ लाख नौ हजार एक सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड ४७ लाख १० हजार छ सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।