काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले एक लाख ८६ हजार चार सय ३३ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो ।
संस्थाले सबैले किन्न पाउने गरी उक्त सेयर लिलामीमा राखेको हो । सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम दुई सय ८० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलपत्र पेस गर्दा न्यूनतम एक लाख कित्ताका लागि र अधिकतममा १० अंकको गुणांकमा वा सम्पूर्ण कित्ता दाबी गर्न सकिनेछ । सेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको सेयर संख्या र दर रेटसमेत खुलाएर काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक)को कार्यालयमा गोप्य सिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । बोलपत्र पनि सोही कार्यालयमा पाइनेछ । बोलपत्र फागुन २६ गतेदेखि चैत १० गते दिउँसो तीन बजेभित्र पेस गरिसक्नुपर्नेछ । प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालयमा खोलिने संस्थाले जानकारी दिएको छ ।