काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ४६ दशमलव ७८ अंकले खुम्चिएको शेयर बजार परिसुुचक नेप्से साताको अन्तिम कारोबार दिन बिहिबार २३ दशमलव ८७ अंकले उकालो लागेर २८ सय २० दशमलव ४४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य एक अंकले अंकले उकालो लागेर चार सय ८६ दशमलव ३८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ३० हजार १५ पटकको कारोबारमा चार करोड १६ लाख ८६ हजार चार सय पाँच कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार दुई सय ३० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन र अन्य उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।